Thursday, June 15, 2017

कोरियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यू

कोरियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यू

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार ०९:१७

बिकास पौडेल/सौल । दक्षिण कोरियामा फेरि एक नेपालीको मृत्यू भएको छ। सौल नजिकै खिम्पो शहर स्थित प्यास्टिकको दाना बनाउने’होंजिन’नामक कम्पनीमा कार्यरत म्याग्दीका शिवकुमार कार्कीको निधन भएको समाजसेवी तथा त्यस क्षेत्रका भाषा अनुवादक उमेश बस्नेतले नयाँ दैनिकीलाई बताए।

बस्नेतका अनुसार ९ महिना अघि यहाँ आई कार्यरत कार्की हिजो सुतेको तर आज बिहान ८ बज्दा पनि ढोका नखुलेपछि साहुले झ्यालको लग तोडेर खोलेर हेर्दा मृत अवस्थामा फेला परेका थिए। २७ बर्षिया उनि अविवाहित भएको बताईएको छ। उनको कोठामा केहि औँषधी भेटिएको थियो। यसबाट उनि बिरामी रहेको अनुमान गर्न सकिने अवस्था देखिएको बताईएको छ।


उनको मुत्यु भएको बारे जानकारी आएको म्याग्दी समाज कोरियाका अध्यक्ष लोक बानिँयाले बताए। उनले यस्ता घटनाले म्याग्दी समाज र पुरै कोरियाबासी नेपालीहरू स्तब्ध भएको बताए।

घटनाको नेपाली दूतावासले समेत पुष्टि गरेको छ ।उपनियोग प्रमुख किरण शाक्यले घटनाबारे जानकारी आएको बताएका छन्।

Wednesday, May 31, 2017

फेशबूकमा लाईक गरेको भन्दै एक पुरुषले आफ्नी श्रीमतीको योनि "ग्लुले "टालिदिएपछि

१८ जेष्ठ काठमान्डौ एजेन्सी
,सुन्दा अचम्म लाग्छ फेसबूकमा लाईक गरेकै भरमा यस्तो होला र ? तर यस्तै  घटना घटेको छ ।कतारका एक ३३ बर्षीय पुरुषले आफ्नी श्रीमतीको गुप्तांग टालिदिएका छन् । त्यी पुरुष  त्यतिबेला अदालतमा हाजिर हुन पर्यो जतिबेला उनकी श्रीमती अस्पतालमा ईमरजेन्सी भर्ना भएकी थिईन ।त्यी पुरुषले अदालत सामु आफ्नी श्रीमतीलाई ग्लुले योनि टालिदिएको स्वीकार गरेका  छन् ।श्रीमतीले उनका १२ बर्षाका भान्जाको फेशबूकमा लाईक गरेको कारण यसो गरेको बताएका छन् ।

श्रीमतीको दिमागमा अनैतिक सोच आएको हुनसक्ने भन्दै आफु अफिसको कामले विदेश जानपर्ने भएको कारण श्रीमतीले कसै संग शारीरिक सम्बन्ध नराखोस भन्दै योनिमा ग्लुले टासिदिएको बताएका छन् ।दोहा अदालतका न्यायधिस बिन सादेनले त्यी पुरुषले आफ्नी पत्निमाथी गलत ब्यबहार गरेको तर उद्देश्य गलत नभई तरिका गलत भएको बताएका छन् ।
त्यी पुरुषले अदालतमा प्रमार्ण स्वरूप पत्नीको एउटा तस्बिर पेश गरेका छन् जुन तस्बिर  उनकी पत्नीले फेशबूकमा अपलोड गरेकी थिईन, जहा बुर्काले एउटा हिल छोपेको र अर्को हिल प्रस्टै देखिएको छ जुन इस्लाम धर्मलाई उलंघन गरेको ठहर भएकोछ । अदालतका न्यायधिसले इस्लाम धर्मलाई तोडेको ठहर गर्दै उक्त महिलालाई १०० कोर्रा सजाय सुनाएका छन भने  उनका श्रीमानलाई योनि टालिदिए बापत १० हजार अमेरिकी डलर जरिवाना तोकेको छ ।

पर्दामा दीपेन्द्र र देवयानीको प्रेमकथा, प्रदीप बन्नेछन् दीपेन्द्र

पूर्वराजा दीपेन्द्र शाह र देवयानी राणाको प्रेमकथा धेरथोर सबैलाई थाहा छ । एक समय उनीहरुको प्रेमले राजदरवारमा समेत ठूलो भूकम्प ल्याएको थियो । यति सम्मकी दीपेन्द्रको विवाह देवयानीसँग गर्न राजपरिवार तयार नभएपछि उनले दरबार हत्याकाण्ड मच्चाएको खबर पनि यसअघि बाहिर आइसकेको छ । तर, यसको यर्थाथ भने अहिलेसम्म सार्वजनिक भएको छैन् । विश्वकै छोटो समयका लागि राजा भएका दीपेन्द्रलाई नेपालको १३ औं राजा घोषणा गरिएको थियो । तर, राजा घोषणा गरिएको तेस्रो दिनमा नै उनलाई मृत घोषणा गरियो । योसँग उनको प्रेमकथाको भित्री पाटो पनि बाहिर आउन पाएन । विभिन्न पुस्तक र लेखहरुमा राजा दीपेन्द्र र देवयानीको प्रेम प्रशंगलाई धेरथोर कोट्याइएको छ । तर, अब दीपेन्द्रं शाह र देवयानी राणाको प्रेमकथामा आधारित भएर नेपाली फिल्म नै निर्माण हुने भएको छ । 
 
विवेक कुमार शाह द्धारा लिखित पुस्तक 'मैले लेखेको दरवार' मा कोरिएको राजा दीपेन्द्र र देवयानी राणाको प्रेमकथाको पाटोमा आधारित भएर फिल्म 'दीपेन्द्र सरकार' बन्ने लागेको हो । यो फिल्ममा पूर्वराजा दीपेन्द्रं शाह र उनकी प्रेमिका देवयानी राणाको प्रेम प्रशंगलाई मात्र जोडिनेछ । यो फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरियो । ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा 'प्रेमगीत' नायक प्रदीप खड्काले राजा दीपेन्द्रको भूमिका निर्वाहा गर्नेछन् । निर्माता सन्तोष सेनले दीपेन्द्रको प्रेमकथालाई नै आधार बनाएर फिल्म बनाउन लागेको बताए । यो फिल्मको बजेट ५ करोड ५० लाख रहने बताइएको छ ।
 
यो फिल्मको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो फिल्मका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ बन्न लागेको नायक प्रदिप खड्काले निर्माण टिमको निर्देशन अनुसार आफू पात्रको भूमिकामा ढल्ने बताए । कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले फिल्मका लागि आफू मोटाउने बताएका छन् । दीपेन्द्र केही मोटा रहेकाले पनि प्रदिपले उनकै जीउडालमा आफूलाई ढाल्ने निर्माणपक्षको भनाई छ । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको फिल्म बनाइनेछ । देवयानीसँग प्रेममा रहँदा राजा दीपेन्द्रले लेखेका गीतहरु नै फिल्ममा समावेश गरिनेछ । 
 
राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्रको ३ जुन, २००१ मा २९ बर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, राप्रपाका नेता अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन् देवयानी । १९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् ।

सहमतिको म्याद गुज्रियो, अब बहुमतीय प्रक्रियाबाट सरकार

१८ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थालेका छन् ।
संसद्मा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । देउवाले बुधबार साँझ आफूनिकटका नेताहरुसँग सरकारका विषयमा अनौपचारिक छलफल गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय बुधबार मध्यरात सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले सभामुखलाई प्रधानमन्त्री निर्वाचनका लागि बहुमतीय प्रक्रिया सुरु गर्न पत्र पठाएपछि कांग्रेसले औपचारिक रुपमा दलहरुसँग छलफल गर्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अायाे असार १४ को निर्वाचन तालिका

१७ जेठ, काठमाडौं ।
निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही अनुसार कार्यतालिका परिमार्जन गरी सार्वजनिक गरेको हो ।
आयोगले अव असार २ गते उम्मेदवार मनोनयन गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ आयोगको  विज्ञप्ती:
मिति २०७४।०२।१७ 
काठमाडौं, जेठ १७ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । नेपाल सरकारले दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन गरी २०७४ असार १४ गते बुधबार गर्ने गरी निर्णय गरेअनुसार आयोगको आज बुधबार बसेको बैठकको निर्णय अनुरुप नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो । 
प्रकाशित कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिने छ । 
यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने नेपाल सरकारको निर्णयअनुसार आयोगले जेठ १९ बाट सुरु हुने गरी प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार आयोगले यसअघिको निर्वाचन कार्यक्रम परिर्वतन गरी असार २ गतेबाट सुरु हुने नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो । 
दोस्रो चरणको स्थानीय तह निर्वाचनको विस्तृत निर्वाचन कार्यक्रम यसैसाथ संलग्न छ ।

Nepal Idol, Full Episode 9, Theater Round Official Video